У нас вы можете посмотреть бесплатно Mandre VS BG Guys । पाँचौं घाङ्च ल्हुम महाशिवरात्री मेला २०८२ । भिमाद नपा,-९ मोहोरिया तनहुँ или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तनहुँको भिमाद नगरपालिका ९ मोहरियामा रहेको सिद्ध गुफा क्लबको २८ औँ वार्षिकोत्सवको अवसरमा पाँचौं घाङ्गच ल्हुम साविक वडा स्तरीय सिनियर पुरुष भलिबल प्रतियोगिता तथा महाशिवरात्रि मेला–२०८२ आयोजना गरिएको छ। महाशिवरात्रि २०८२ को शुभ अवसरमा सिद्ध गुफा क्लब भिमाद नगरपालिका–९ , मोहरियाको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। प्रतियोगिता तथा मेला २०८२ माघ २८ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुने टिमलाई नगद २० हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरूप नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर र उत्कृष्ट लिफ्टरका लागि पनि विशेष पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूले २०८२ माघ २५ र २६ गते टिम दर्ता गर्न सक्नेछन्। खेल २०८२ माघ २७ गते बिहान ११ बजेदेखि सुरु हुने छ। भलिबल टिम दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ तोकिएको कार्यक्रम संयोजक भेष बहादुर रानाले बताए। भलिबल प्रतियोगितासँगै महाशिवरात्रि मेलामा घाङ्गछ ल्हुम (अग्लो ढुंगा) तथा सिद्ध गुफा र चमेरो गुफा अवलोकन, स्थानीय कौडा नृत्य प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम, छेलो हान्ने प्रतियोगिता तथा कुर्ची घुमाई प्रतियोगिता जस्ता आकर्षक कार्यक्रमहरू समावेश गरिएका छन्।