У нас вы можете посмотреть бесплатно Bio-pesticide preparation at home/जैविक विषादी बनाउने तरिका или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#जैविक #विषादी #Bio-pesticide #home जैविक विषादी बनाउने तरिका • हामीले लगाएको वाली तथा बिरुवाहरुमा धेरै किसिमका रोग तथा किराहरुले आक्रमण गर्दछन् र यसबाट बाली जोगाउनका लागी हामी प्राय: जसो रासायनिक विषादीको प्रयोग गर्दछौँ। • रासायनिक विषादीको अत्याधिक प्रयोगले गर्दा मानव स्वास्थ्य, वातावरण र कृषि उत्पादनमा समेत नकरात्मक असर पर्दछ। • यसले किराहरुको विषादी प्रतिरोधी क्षमता बढाउनका साथै मित्रजीवहरुको सङ्ख्या घटाउन र कृषि उत्पादन तथा वातावरणमा अवशेषको रुपमा समेत रहन्छ। • तसर्थ, रासायनिक विषादीको विकल्पमा जैविक विषादीको प्रयोग गर्नु उचित हुन्छ। • यसले रोग किरा नियन्त्रण गर्नाका साथै माटोको उर्वराशक्ति बढाउँछ र वातावरण, मानव शरिर र मित्र जिवहरुलाई कुनै असर गर्दैन्। • जैविक विषादी स्थानिय स्तरमा पाइने तितो, टर्रो, पिरो, अमिलो इत्यादी स्वाद आउने वोटबिरुवा जस्तै तितेपाती, निम, बकाइनो, असुरो, गन्धे,सयपत्री, सुर्ती, बनमारा, प्वाज, लसुन, सिस्नु, मेवाको पात, अदुवा, खिर्रो साथै काँचो गोबर, गाईवस्तुको पिसाब प्रयोग गरेर बनाउन सकिन्छ।त्यसैले यो सस्तो पर्न जान्छ। • अब हामी घरेलु सामाग्री प्रयोग गरेर जैविक विषादी बनाएर देखाउनेछौँ • त्यसका लागि हामीले बटुलेका सामाग्रीहरुः • निमको पात, सयपत्रीको पात, गन्धेको पात र तितेपातीको पात – १ के.जी • लसुन – ५० ग्राम • प्वाज – ५० ग्राम • अदुवा – ५० ग्राम • रातो खुर्सानी – ५० ग्राम • टिमुर र मरिचको धुलो – २० ग्राम • गाईको पिसाब – ४ लिटर • विषादी राख्ने भाडोँ बनाउने तरिकाः 1. निमको पात, सयपत्रीको पात, गन्धेको पात र तितेपातीको पातको मिक्ष्रणलाई मसिनो गरि पिस्नुपर्छ। 2. त्यस्तै लसुन, प्वाज, अदुवा, रातो खुर्सानी,टिमुर र मरिचको धुलो पनि एकैठाउँ पिसेर पेष्ट बनाउनु पर्छ। 3. अब, पिसेर राखेको पातलाई विषादी राख्ने भाडोँमा हाल्ने र त्यसमाथी पिसेर राखेको पेष्ट पनि हाल्ने, 4. उक्त भाडोँमा गाईको पिसाब राख्ने अनि दाबिलोले राम्ररी घोल्ने र हावा नपस्ने गरि ढकनी लगाएर राख्ने 5. यसरी बनाइएको विषादीलाई १४ दिनसम्म फर्मेन्ट हुन दिने र प्रत्येक दिन एकपटक चलाउने गर्नुपर्छ। 6. चौध दिनपछि भाडोँमा राखेको विषादीलाई सफा कपडाले तरल पदार्थ छानेर प्रयोग गर्ने प्रयोग गर्ने विधि विरुवाहरुमा हाल्नका लागी १ लिटर विषादीमा ५ लिटर पानी मिसाएर स्प्रे गर्नुपर्छ। यस जैविक विषादीको प्रयोगबाट लाही, सेतो पुतली, थ्रिप्स, मिली बग्स, फट्याङ्ग्रा, झुसिल्किरा, हाडा विटल, लिफ माइनर, फ्रुट र सुट बोरर जस्ता किराहरुको नियन्त्रणमा प्रभावकारी देखिएको छ। Previous videos: मृगे (सिताके) च्याउ खेती गर्ने प्रविधि (Shiitake mushroom cultivation in Nepal) Link: • मृगे (सिताके) च्याउ खेती गर्ने प्रविधि (Sh... Traditional Paddy transplantation (Manual Rice transplanting by small farmers) Link: • Traditional Paddy transplantation (Manual ...