У нас вы можете посмотреть бесплатно ADHYATMA SANDESH - ३३ कोटी देवी देवता विशेष रहश्य или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
३३ कोटी देवी देवता विशेष रहश्य वेदमा परब्रह्म परमात्मालाई ब्रह्मको नामले पनि चिनिन्छ। ब्रह्मको अर्थ हो विस्तार गर्नेवाला, फैलाउनेवाला, अनन्त, महाप्रकाश दिनेवाला व्यक्ति। प्रत्येक धर्ममा देवी वा देवता हुन्छन्। १. यो ३३ मा आठ वसु छन्। वसु अर्थात हामीलाई बसाउनेवाला आत्माको जहाँ वास हुन्छ। यी आठ वसु हुन्: धरती, जल, अग्नि, वायु, आकाश, चन्द्रमा, सूर्य र नक्षत्र। यी आठ वसु प्रजालाई धारण गर्नेवाला देव हुन्। २. त्यस्तै ११ रुद्र रहेका छन्। रुद्र शरीरका अव्यय हुन्। जब यो अव्यय एक-एक गरेर शरीरबाट निस्कन्छ भने यो रोदन गराउनेहरु हुन्। अर्थात जब मनुष्य मर्दछ भने उसभित्रका यी सबै ११ रुद्र बाहिर निस्कन्छन्। जो निस्किएपछि मानिसलाई मृत घोषित गरिन्छ। शरीरबाट निस्कने यी रुद्रको नाम हो :- प्राण, अपान, व्यान, समान, उदान, नाग, कुर्म, किरकल, देवदत्त र धनञ्जय। प्रथम पाँच प्राण र दोस्रो पाँच उपप्राण हो। अन्तमा ११ औं जीवात्मा हो। यो ११ जब शरीरबाट निस्किएपछि मात्रै मानिसहरु मृतकलाई सम्झिएर रुन लाग्छन्। ३. १२ आदित्य हुन्छन्। आदित्य सूर्यलाई मान्ने गरिन्छ। हामीले मान्ने विक्रम संवत् सूर्यमा आधारित रहेको छ। समयको १२ महिनालाई १२ आदित्य मान्ने गरिन्छ। यिनीहरुलाई आदित्य यसकारण पनि भनिन्छ कि किनकी यिनैले हाम्रो आयुलाई हर्दछन्। जुन जुन समय बढ्दै जान्छ हाम्रो आयु घट्दै घट्दै जान्छ। यो आदिय १२ महिनाको नामबाट राखिएको हुन्छ। सूर्य १२ रश्मिहरुलाई पनि यही श्रेणीमा राख्ने गरिन्छ। यसरी ८ बसु, ११ रुद्र र १२ आदित्य गरी कूल ३१ कोटी देवताहरु भए। ४. ३२ औं देव हुन् इन्द्र। इन्द्रको अर्थ बिजुली या ऊर्जा हो। ३३ औ देव हुन् यज्ज। यज्ज अर्थात प्रजापति, जसद्वारा वायु, दृष्टि, जल र शिल्प शास्त्रको विकास भएको छ। यसैबाट औषधीहरु उत्पत्ति हुन्छ। यो ३३ कोटी अर्थात् ३३ प्रकारका अव्यवहरु हुन्। यिनीहरुलाई नै देव भन्ने गरिएको छ। देवको अर्थ हुन्छ दिव्य गुणले युक्त। हामीलाई ईश्वरले जुनप्रकारको रूपमा यो ३३ पदार्थ दिएका छन् सोही रूपमा ती पदार्थलाई हामीले शुद्ध, निर्मल र पवित्र बनाइ राख्नु पर्छ। १२ आदित्य:- १. अंशुमान, २. अर्यमन, ३. इन्द्र, ४. त्वष्टा, ५. धातु, ६. पर्जन्य, ७. पूषा, ८. भग, ९. मित्र, १०. वरुण, ११. विवस्वान र १२. विष्णु। ८ वसु :- १. आप, २. ध्रुव, ३. सोम, ४. धर, ५. अनिल, ६. अनल, ७. प्रत्यूष र ८. प्रभाष। ११ रुद्र:- १. शम्भु, २. पिनाकी, ३. गिरीश, ४. स्थाणु, ५. भर्ग, ६. भव, ७. सदाशिव, ८. शिव, ९. हर, १०. शर्व र ११. कपाली। २ अश्विनी कुमार:- १. नासत्य र २. द्स्त्र। केही विद्वान इन्द्र र प्रजापतिको ठाउँमा २ अश्विनी कुमारलाई समेत राख्ने गरिन्छ। प्रजापति पनि ब्रह्मा हुन्। मरुतगण देवता होइनन् । तर उनीहरु देवताका सैनिकहरु हुन्। वेदमा यिनीहरुलाई रुद्र र वृश्निको पुत्र मान्ने गरिएको छ। पुराणहरुमा कश्यप र दितिको नाम मान्ने गरिएको छ। मरुतगण एक संघ हो ७ मरुतहरुको नाम १. आवह, २. प्रवह, ३. संवह, ४. उद्वह, ५. विवह, ६. परिवह र ७. परावह। यो वायुको नाम समेत हो। यिनको ७-७ गण निम्न स्थानमा विचरण गर्दछन्। ब्रह्मलोक, इन्द्रलोक, अन्तरिक्ष, भूलोकको पूर्व दिशा, भूलोकको पश्चिम दिशा, भूलोकको उत्तर दिशा र भूलोकको दक्षिण दिशा। यसरी कुल ४९ मरुत हुन्छन्। १२ साध्यदेव : अनुमन्ता, प्राण, नर, वीर्य्य, यान, चित्ति, हय, नय, हंस, नारायण, प्रभव र विभु। जो दक्षपुत्री र धर्मको पत्नी साध्यासँग उत्पन्न भएको छ। उनीहरुको नाम काहिँ काहिँ यस्तो पनि पाउने गरिन्छ मनस, अनुमन्ता, विष्णु, मनु, नारायण, तापस, निधि, निमि, हंस, धर्म, विभु र प्रभु। ६४ अभास्वर : तमोलोकमा ३ देवनिकाय रहेको छ- अभास्वर, महाभास्वर र सत्यमहाभास्वर। यी देव भूत, इन्द्रिय र अन्त:करणलाई वशमा राख्नेवाला हुन्। १२ यामदेव : यदु ययाति देव तथा ऋतु, प्रजापति आदि यामदेव हुन्। १० विश्वदेव : पुराणहरुमा दस विश्वदेवहरुको उल्लेख छ। जसको अन्तरिक्षमा एक अलग संसार छ। २२० महाराजिक : ३० तुषित : ३० देवताहरुको एक यस्तो समूह छ। जसले अलग-अलग मन्वन्तरहरुमा जन्म लिएका थिए ऽ स्वारोचिष नामक द्वितीय मन्वन्तरमा देवतागण पर्वत र तुषित भन्छन्। देवताहरुको नरेश विपश्चित थिए र यस कालका सप्त ऋषिहरु थिए- उर्ज, स्तम्भ, प्रज्ञ, दत्तोली, ऋषभ, निशाचर, अखरिवत, चैत्र, किम्पुरुष र अर्का कैयौं मनुका पुत्रहरु थिए। पौराणिक सन्दर्भहरुका अनुसार अनुसार चाक्षुष मन्वन्तरमा तुषित नामक १२ श्रेष्ठगणहरुले १२ आदित्यहरुको रूपमा महर्षि कश्यपकी पत्नी अदितिको गर्भबाट जन्म लिए। पुराणहरुमा स्वारोचिष मन्वन्तरमा तुषिताबाट उत्पन्न तुषित देवगणको पूर्व उनी अपर मन्वन्तरहरुमा जन्मको वृत्तान्त मिलेको छ। स्वायम्भुव मन्वन्तरमा यज्ञपुरुष वा दक्षिणाबाट उत्पन्न तोष, प्रतोष, सन्तोष, भद्र, शान्ति, इडस्पति, इध्म, कवि, विभु, स्वह्न, सुदेव तथा रोचन नामक १२ पुत्रको तुषित नामक देव भएको उल्लेख पाइन्छ। अन्य देवी- दुर्गा, सती-पार्वती, लक्ष्मी, सरस्वती, भैरवी, यमी, पृथ्वी, पूषा, आपः सविता, उषा, औषधि, अरण्य, ऋतु त्वष्टा, सावित्री, गायत्री, श्री, भूदेवी, श्रद्धा, शचि, दिति, अदिति, दस महाविद्या, आदि। अन्य देव- ब्रह्मा (प्रजापति), विष्णु (नारायण), शिव (रुद्र), गणाधिपति गणेश, कार्तिकेय, धर्मराज, चित्रगुप्त, अर्यमा, हनुमान, भैरव, वन, अग्निदेव, कामदेव, चन्द्र, यम, हिरण्यगर्भ, शनि, सोम, ऋभुः, ऋत, द्यौः, सूर्य, बृहस्पति, वाक, काल, अन्न, वनस्पति, पर्वत, धेनु, इन्द्राग्नि, सनकादि, गरूड़, अनन्त (शेष), वासुकी, तक्षक, कार्कोटक, पिंगला, जय, विजय, मातरिश्वन्, त्रिप्रआप्त्य, अज एकपाद, आप, अहितर्बुध्न्य, अपांनपात, त्रिप, वामदेव, कुबेर, मातृक, मित्रावरुण, ईशान, चंद्रदेव, बुध, शनि आदि। वेदको कोटी शब्दलाई अधिकतर मानिसहरुले करोड सम्झिने गर्दछन्। तर, यो सहि होइन। ३३ प्रकारका भगवानलाई नै ३३ कोटी भनेर चिनिन्छ। देवी र देवता अलग अलग हुन्। यो सहि हो कि देवी र देवता ३३ करोड छैनन् र ३३ प्रकारका पनि छैनन्।