У нас вы можете посмотреть бесплатно थानकोटमा,‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित सिन्दुर जात्रा или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
काठमाडौं । चन्द्रागिरि नगर क्षेत्रको थानकोटमा कार्तिक प्रतिपदाका दिन मनाइने सिन्दुर जात्रा भव्यताका साथ मनाईरहेको छ । साविक थानकोट हाल चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ र ४ मा जात्रा भईरहेको हो ।‘थानकोटे जात्रा’ को नामले बहुप्रचलित यस सिन्दुर जात्रालाई महालक्ष्मी जात्रा पनि भने प्रचलन छ । यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा हो। आज झिसमिसेमै सिन्दुर जात्रा प्रारम्भ भएको हो । बिहानीपख महालक्ष्मीलाई विधिपूर्वक पूजा गरी खट राखेर तत् पश्चात सिद्धि विनायक र महालक्ष्मी मूर्तिमा पुनः पुजा आराधना गरि सिन्दुर जात्रा प्रारम्भ भएको हो । आज दिनभर विभिन्न टोलमा रथलाई परिक्रममा गरिन्छ । यो जात्रा, देवदेवीको मेलमिलाप गराइ सिन्दुर जात्राको रुपमा भव्यताका साथ मनाइन्छ ।तिन दिन देखि सुरु भएको थानकोटे जात्राको तेश्रो र महत्वपूर्ण दिन आज चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ र ४ ले पर्व बिदा समेत दिएको छ ।