У нас вы можете посмотреть бесплатно TAJA BACHAN | फेरि अर्को हप्ता सुरु हुन्छ | FRESH DAILY DEVOTIONAL WITH BERNI DYMET | 02 MAR. 2026 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
शीर्षकः फेरि अर्को हप्ता सुरु हुन्छ मितिः सोमबार – १८ फाल्गुन २०८२ (०२ मार्च २०२६) तपाईं पूर्ण रूपमा काममा व्यस्त हुनुहोस् वा अवकाशप्राप्त, हरेक सोमबार बिहान फेरि साप्ताहिक परिश्रम सुरु हुन्छ । यो अपरिहार्य छ । बिदा सकियो, अब फेरि काममा फर्कनैपर्छ । तपाईंले गर्ने कामलाई अत्यन्तै प्रेम गर्नुहुन्छ भने पनि, यसको दोहोरिने क्रमले कहिलेकाहीँ मन निराश बनाउन सक्छ । के तपाईंले कहिल्यै आफ्नो जीवनलाई अत्यन्तै साधारण महसुस गर्नुभएको छ ? केही विशेष छैन, केही अलग छैन, अरू धेरैजसो मानिसहरूझैँ दैनिक कार्यालय धाउने, आफ्नै काममा व्यस्त रहने सामान्य जीवन जिइरहनुभएको छ । धेरै मानिसहरूको जीवन यही हो, हप्ता पछि हप्ता । तर यसरी दैनिक एकै प्रकारले काममा डुबेर बस्नु, जीवनका बोझले थिचिनु हो, दिनचर्याले तपाईंलाई थकित पार्नु, यो जीवन जिउने तरिका होइन । “फूलको सुगन्ध लिन रोक्नुहोस् ।” भन्ने भनाई अवश्य सुन्नु भएको होला, हो, रोक्नुपर्छ । यसको अर्थ “जीवनका साना रमाइलो र सुन्दर क्षणहरूको मूल्य बुझ्नु” हो । यो हामीलाई व्यस्त जीवनबाट एकछिन रोकिएर वरिपरिका सौन्दर्य र आनन्दलाई अनुभव गर्नुपर्छ भनेको हो । तर त्यति मात्र पर्याप्त छैन । बाल्यकालमा तपाईंलाई जुन आश्चर्य र रमाइलो लाग्थ्यो, त्यो कहाँ हरायो ? यो ब्रह्माण्डको बीचमा राखिएको तपाईंले जुन अचम्म महसुस गर्नु हुन्थ्यो, त्यो कहाँ छ ? इस्राएलका राजा दाऊदले पनि आफ्नो दैनिक जीवनको बीचमा रोकेर आश्चर्य प्रकट गरेः भजन ८ः३–४ जब म तपाईंको हातले बनाएको आकाशलाई, र तपाईंले स्थापित गर्नुभएका जून र ताराहरूमाथि विचार गर्छु, मानिस के हो, र तपाईं त्यसको वास्ता राख्नुहुन्छ ? मानिसको छोरो के हो, र तपाईं त्यसको फिक्री गर्नुहुन्छ ? परमेश्वरको महिमा र भलाइले उनी आश्चार्य चकित भए । यति महान् परमेश्वरले व्यक्तिगत रूपमा उनलाई ख्याल राख्नुहुन्छ भन्ने कुराले उनी विनम्र भए । जब तपाईंको दिनचर्या भारी लाग्छ, यो कुरा जान्नुहोस्ः परमेश्वरको महिमा तपाईंको वरिपरि छ; उहाँको भलाइ तपाईं जहाँ हुनुहुन्छ त्यहीँ भेटिन्छ । आफ्ना आँखा उठाउनुहोस्, उहाँको महिमातर्फ दृष्टि लगाउनुहोस् । परमेश्वरको ताजा वचन .... आज केवल तपाईंको निम्ति । परमेश्वरले आशिष दिनुभएकोहोस् । यदि तपाईं यस सन्देशबाट आशिषित हुनुभयो भने तपाईंका साथीहरुलाई पनि सेयर गर्न नभुल्नुहोस् । यो सबैको निम्ति निःशुल्क छ । अधिक जानकारी तथा सल्लाह–सुझावको निम्ति सम्पर्कः ताजा वचन कार्यक्रम, काठमाण्डौ, नेपाल । फोन ९८०४१४४०२९ । तपाईंले पाउनुभएको आशिषलाई प्रतिक्रिया रुवरुप वाट्सएपमा म्यासेज गर्न सक्नुहुनेछ । धन्यवाद ! Please! Like/Follow/Subscribe/Share Purpose: “Carrying the Word of Salvation to the Ends of the Earth.” YouTube Channel: TAJA BACHAN HD Facebook: tajabachan Facebook Page: Taja Bachan Daily Devotional WhatsApp No: +9779804144029 Email: tajabachan@gmail.com TikTok: Taja Bachan HD Address: PO Box No. 8975, EPC 2100, Kathmandu, Nepal “Fresh Daily Devotional — Refresh Your Soul, Transform Your Mind, and Walk Closer with God.” Nanda Kumar Rai