У нас вы можете посмотреть бесплатно हाम्रा भान्सा नै औषधालय हुन् или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
GUEST: Dr. B.P. Timalsina (Mobile-9851019391) HOST : Binu Pokhrel CAMERA/EDIT: Kishan shrestha भिडियो भित्र : प्रियजन नमस्कार खासमा समय मानिसको गुरु रहेछ । किनकि एक समय रुढ ठानेर परित्याग गरिएका हाम्रा सामाजिक आचार व्यावहारलाई अर्को समयले परिक्षण गरि गतिसिल विज्ञानमा बदलिदिदो रहेछ । बाल्यकालमा म आफैले रुढ ठानेर त्यागेका त्यस्ता सामाजिक पारिवारिक पद्दत्तिहरु आज फर्केर हेर्दा हर कृत्य विज्ञान सम्मत भएको पाएपछि म यो ठाउँमा आइपुगेकी हुँ । त्यो बेला यस्तो थियो कि हर घरका हजुरबुवा, आमाहरु ब्रह्म मुहूर्त मै उठ्नुहुन्थ्यो । हर टोलमा एउटा वर पीपल र घरको आँगनमा तुलसी रोपिएको हुन्थ्यो । हजुरबुवा हजुरआमाहरु हर दिन बिहानै नुहाए पछि तुलसीको बोटमा पानी चढाएर घामको पहिलो झुल्कोसँगै पीपलको बोटमा पानी चढाउन पुग्नुुहुन्थ्यो । र त्यो पहिलो किरणमा केहीक्षण ध्यानस्थ भएर फर्कनुहुन्थ्यो । अनि घर आएर पञ्चपात्रोमा तुलसीको पात, तील, कुश मिसाएको पानी सबैलाई खान दिनुहुन्थ्यो । त्यो पञ्चपात्रो तामाको हुन्थ्यो अनि तामाकै चम्चाले उभाएर दिनुहुन्थ्यो । हामी हत्केला खप्ट्याएर थापेको पानी सुरुप्प पार्थ्यौं । छेउमा अर्को भाँडोमा गहुँत् पनि हुन्थ्यो । त्यो पनि मुख बिगारी बिगारी खान्थ्यौैं । कुश र दुबोको मुठाले गहुँत पानी घरभरी छरेर शुद्ध गरेपछि अनि बल्ल बिहानको काम सुरु हुन्थ्यो । खाना खाने एकै समय हुन्थ्यो, खाना पस्कन अघि त्यो इश्वरिय शक्तिलाई आमाले भोग लगाएपछि मात्र आमाले खाना पस्कनुहुन्थ्यो । खाना खाँदा पनि पलेंटी कसेर, नबोली खाने, खाना खानुअघि पानी अचाएर थोरै पानी मुखमा राख्ने र थोरै खाना चढाएपछि मात्र खाने चलन् थियो । त्यो बेला यि सबै कुरा वाइयात लाग्थ्यो मलाई । आज थाहा पाउँदैछु यि एक एकका वैज्ञानिक कारण रहेछन् । आधुनिक विज्ञान भन्छ–हाम्रो मुखमा ग्रन्थी नै ग्रन्थी छन्, जसले खाना निल्न सजिलो बनाउने, घर्षण कम गराउनेदेखि खाना पचाउने इन्जाइमहरु तयार गर्छन् । अनि जब हामी मुखमा थोरै पानी हाल्छौं तब ति सबै ग्रन्थीहरु एकै साथ सक्रिय हुन्छन् । यि ग्रन्थी सक्रिय हुँदा यिनले खाना निल्न सहज गर्दै खानालाई जठराग्नी अर्थात् पेटमा भएको खाना पचाउने यन्त्रसम्म पु¥याउने र खानाबाट ग्लुकोज बनाएर शरीरका कणकणमा पुर्याउन सहज बनाउन काम गर्छ । यसलाई आधुनिक विज्ञान तिरबाट सलाइवा एक्टिभेसन भनिन्छ । जो खाना अड्कीन रोक्ने, खाना पचाउने देखि आनन्दमा खाना ख्वाउने विज्ञान हो । अर्कों पलेंटी कसेर, नबोली खानुको कारण दिमाग, मुटु र खुट्टामा पर्ने गुरुत्व केन्द्रलाई पेटमा सार्नु रहेछ । किनकि उभिएर र बोलेर खादा गुरुत्व केन्द्र पेटमा नभएर अन्यत्र पर्छ । यसो हुँदा इन्जाइम कम निस्कछ र खाना पच्नुको साटो सड्छ र विस्तारै रोग थुप्रन थाल्छ । खासमा खानाकै कारण हामी अनेक रोग लिएर हिडिरहेका छौ भन्ने आयुर्वेदको मुल मर्म त आज आधुनिक विज्ञानका परिक्षणहरु पनि बताइरहेका छन् । मतलव हरेक नियमित कार्यका वैज्ञानिक कारणमा छन् । यहि कुरा सुश्रुत, वाग्भट्, चरक,देखि पतञ्जलिसम्मले सुझाउनुभएको छ । तर यस्तो ज्ञान–विज्ञान आज कसरी गुमनाम बन्यो ? के के कुरा छन् त्यहाँ जसले हामीलाई जीवन दिन्छन् । हाम्रा खानपान,भान्सा र पूजा संस्कृतिमा कस्तो विज्ञान छ ? यस्ता धेरै कुरा म अझै अनुत्तरित छु । त्यसैले आज हामीले हाम्रै कुरालाई पहिला बुझै न भनेर एक दशक भन्दा धेरै समय यहि आयुर्वेदको अध्ययन गरेर यसैको प्रयोगमा काम गरिरहनुभएको आयुर्वैदका व्यस्त चिकित्सक विपि तिम्सिनालाई संयक संवादको लागि निम्त्याएका छौं । देशमा मात्र हैन विदेशमा पनि उच्च पदस्थ व्यक्तित्वहरुबाट आयुर्वैदबाट उपचार गर्न निमन्त्रणा पाइरहनुहुने डा तिम्सिनालाई हामीले विदेशबाट आएको र फेरि जाने समयको विचको समय मागेर स्टुडियोमा निम्त्याएका हौं । खासमा जति धेरै औषधि त्यति नै अधिक रोगको शिकार भैरहेका हामी कसरी यो अवस्थाबाट निस्कन सक्छौ ? अनि अब भन्सा हुँदै उपचारसम्म पनि कृतिम मानव रहने अवस्थामा स्वम रोगबाट कसरी बच्ने भन्नेसम्मको ज्ञान हामीमा हुन जरुरी छ भन्ने सोचेर हामीले यो पडकाष्टको रेकर्ड गर्न लागेका हौ । त्यसैले आउनुस् अबको एक घण्टा आफ्नो आयुको र स्वथ्य जीवनको लागि समर्पण गरौं । प्रियजन यहि थियो आजको आफ्नै भान्सा विज्ञान देखि पूजा विज्ञानको माध्यम वाट हाम्रो जीवन खोज्ने प्रयास । यो पोडकाष्टले तपाईंहरुमा आफ्नो डाक्टर आफै भएको बोधसँगै स्वाथ्य रहने चावी मिल्यो भन्नेमा ढुक्क छु । डाक्टरलाई भेट्न चाहानुहुन्छ भने यसै पोडकाष्टको बक्समा जानुहोला । • हाम्रा भान्सा नै औषधालय हुन् #podcast... / bptimsina123 https://g.co/kgs/cG6kL4A Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍 / binuebhi ►🐦 / binuebhi ►📸 / binupokhrel9 ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Binu Pokharel Clips)