У нас вы можете посмотреть бесплатно 03/01/2026 📖“यसकारण कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो। पुरानो बितिगएको छ, हेर, नयाँ आएको छ। или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
🔔 परिचय (Introduction) प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, आज हामी नयाँ सालको पहिलो हप्तामा छौँ। संसारले नयाँ सालमा नयाँ क्यालेन्डर, नयाँ योजना, नयाँ लक्ष्य बनाउँछ। तर प्रश्न यो हो— 👉 के हाम्रो जीवन साँच्चै नयाँ भएको छ? 👉 के हामी भित्रबाट परिवर्तन भएका छौँ? बाइबल भन्छ— “कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हो।” नयाँ साल केवल मिति परिवर्तन होइन, 👉 नयाँ साल जीवन परिवर्तनको अवसर हो। 🔑 शिक्षाको मुख्य सन्देश ख्रीष्टमा हुनु भनेको बाहिरी सुधार होइन, भित्री हृदयको परिवर्तन हो। 🎯 विषय :- “नयाँ साल, नयाँ जीवन – ख्रीष्टमा नयाँ सृष्टि” हुनु आवश्यक छ ✨ बुँदा १: “ख्रीष्टमा हुनु” भनेको के हो? 📖रोमी 8:1 यसकारण अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको आज्ञा छैन। शिक्षा :- ख्रीष्टमा हुनु भनेको - *चर्च जानु मात्र होइन *ख्रीष्टलाई केवल नामले चिन्नु मात्र होइन *ख्रीष्टमा हुनु भनेको : -👉 उहाँसँग सँगै सम्बन्धमा रहेर पवित्र जीवन बिताउनु हो 👉 उहाँलाई प्रभु र उद्धारकर्ता को रूप मा स्वीकार गर्नु र ग्रहण गर्नु हो। उदाहरण :- जस्तै— बिजुली भएको ठाउँमा मोबाइल चार्जरमा नलगाएसम्म चार्ज हुँदैन, 👉 हामी पनि ख्रीष्टमा नजोडिएसम्म नयाँ जीवन पाउँदैनौँ। ✨ बुँदा २: “नयाँ सृष्टि” — बाहिर होइन, भित्रबाट परिवर्तन को पाटो हो। 📖 इजकिएल 36:26-28 म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु, र तिमीहरूभित्र म नयाँ आत्मा हालिदिनेछु। तिमीहरूबाट ढुङ्गाको हृदय निकालेर म त्यसको सट्टामा तिमीहरूलाई मासुको हृदय दिनेछु। [27] अनि म मेरा आत्मा तिमीहरूमा हालिदिनेछु, र तिमीहरूलाई मेरा विधिहरू पालन गर्ने र मेरा नियमहरू होशियारीसाथ मान्ने तुल्याउनेछु। [28] मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहनेछौ। तिमीहरू मेरा प्रजा हुनेछौ र म तिमीहरूका परमेश्वर हुनेछु। शिक्षा :- परमेश्वरले हाम्रो पुरानो हृदय मर्मत गर्नुहुन्न तर हजुर र मलाई नयाँ हृदय दिनुहुन्छ नयाँ सृष्टि भनेको :- हाम्रो सोचाइ नयाँ हाम्रो चाहना नयाँ हाम्रो व्यवहार नयाँ बनाउनु हो। उदाहरण :- पुरानो घर रंग लगाएर नयाँ हुँदैन, नयाँ देखाउने कोसिस मात्र हुन्छ। 👉 भित्रैदेखि पुनर्निर्माण चाहिन्छ। ख्रीष्टमा हामी त्यही पुनर्निर्माण पाउँछौँ। र हामी क्रिस्टमा पुनर्निर्माण हुनुपर्छ भन्न चाहेको कुरो यो हो कि हामी क्रिस्टमा पुरै नयाँ हुनुपर्छ। ✨ बुँदा ३: “पुरानो बितिगएको छ” — के–के पुरानो छोड्नुपर्छ? 📖एफिसी 4:22-32 छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। [23] र आफ्नो भित्री वर्तावमा नयाँ होओ, शिक्षा :-गलाती 5:19-21 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना, [20] मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी, [21] डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्। पुरानो भनेको :- पापपूर्ण जीवन, घृणा, रिस,बदला, झूट, छल, गलत बानी,आत्मिक ,आलस्य *उदाहरण :- नयाँ सालमा पनि यदि हामी 👉 पुरानो बोझ बोकेर हिँड्यौँ भने, हामीलाई केही फाइदा हुँदैन हामी पुरानै ढाँचाको जीवन जिरहन्छौँ। र आशिष रहित भएर बाँचिरहन्छौँ। 👉 यात्रा अगाडि बढ्छ तर यस्तो भएर टुङ्गिन्छ उपदेशक 5:16-18 यो पनि एउटा दु:खदायी खराबी हो। मानिस जसरी आउँछ, त्यसरी नै फर्किजान्छ। त्यसलाई के लाभ हुन्छ र? किनभने त्यसको परिश्रम हावामै खेर जान्छ। [17] त्यसले आफ्नो सारा जीवनकाल ठूलो नैराश्य, कष्ट, रीसराग र अन्धकारमा बि… ✨ बुँदा ४: “हेर, नयाँ आएको छ” — ख्रीष्टमा के नयाँ आउँछ? 📖 गलाती 2:20 म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो। *नयाँ के आउँछ? *नयाँ पहिचान - (परमेश्वरका सन्तान) *नयाँ आशा - हामीलाई एकदिन लिन आउनुहुनेछ *नयाँ उद्देश्य - म क्रिस्टमा भएर जिउनु मेरो नयाँ उद्देश्य हो। *नयाँ शक्ति - परमेश्वरले शक्तिहीनहरुलाई शक्ति बढाइदिनुहुन्छ *नयाँ दिशा - परमेश्वरले बाटो बिराएकाहरूलाई नयाँ बाटो देखाउनुहुन्छ उदाहरण :- नयाँ चश्मा लगाएपछि दृश्य मा फरक देखिन्छ, त्यस्तै जक्काइको उदाहरण हेर्न सकिन्छ। जब ऊ क्रिस्टसँग घरमा पस्यो उसको दृष्टिमा भिन्नता आयो 👉 ख्रीष्टमा आएपछि जीवन फरक देखिन्छ। ✨ बुँदा ५: नयाँ सालको पहिलो हप्तामा आत्मिक निर्णय 📖 यहोशू 24:15 तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” शिक्षा :- “आज नै छान, तिमीहरूले कसको सेवा गर्नेछौ।” नयाँ सालमा आफूलाई सोध्नुहोस् :- *के म पुरानै जीवनमा फर्कन्छु वा पुरानो जीवन जिउछु? *कि नयाँ जीवनमा अघि बढ्छु? 👉 हजुरको निर्णय बिना परिवर्तन हुँदैन। 🛐 व्यावहारिक चुनौती (Application) नयाँ साल २०२६ मा 📖 वचनसँग नयाँ सम्बन्ध 🙏 प्रार्थनामा नयाँ प्रतिबद्धता गर्नुहोस् 💖 प्रेम र क्षमामा नयाँ अभ्यास गर्नुहोस् 🚶♂️ पवित्र जीवनमा नयाँ चाल मा चल्नुहोस्। 🌱 निष्कर्ष (Conclusion) प्रियहरू, नयाँ सालले हामीलाई भन्छ— “पुरानो क्यालेन्डर सकियो।” तर परमेश्वर भन्नुहुन्छ — “पुरानो जीवन पनि सकियो, नयाँ सुरु गर।” आज यदि तपाईं ख्रीष्टमा हुनुहुन्छ भने— 👉 तपाईं नयाँ सृष्टि हुनुहुन्छ। 👉 यो साल हजुरहरूको लागि आत्मिक र नयाँ सुरुवातको साल बनोस्। 🙏 वचन पालन गर्नको निम्ति अन्तिम प्रार्थना “हे प्रभु, (Raman Thapa)