У нас вы можете посмотреть бесплатно Dudhpokhari Trek Lamjung или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
#dudhpokhari #lamjung #trekking गण्डकी प्रदेशको लमजुङ जिल्ला, दुधपोखरी गाउँपालिका वडा नम्बर १ मा पर्ने धार्मिक स्थल दुधपोखरी समुद्री सतहबाट ४,५५० मिटर उचाइमा पर्दछ। लमजुङ र गोरखा जिल्लाको सिमानामा पर्ने दूधपोखरीमा जनैपूर्णिमाको दिन विशेष मेला लाग्ने गर्दछ। लमजुङ, गोरखा, तनहुँ, चितवन, कास्की लगायतका जिल्लाबाट तिर्थालुहरु विभिन्न बाटो हुँदै जनैपूर्णिमाको दिन दुधपोखरीमा स्नान गर्न पुग्दछन्। ऐतिहासिक महत्व बोकेको एवं लमजुङ र गोरखा जिल्लाको सिमानामा भई मर्स्याङ्दी सम्म बग्ने चम्पावती अर्थात् चेपे नदीको मुहान मानिने दुधपोखरीको आफ्नै धार्मिक इतिहास छ। प्राचिनकालमा चेवन ऋषिले तपस्या गरी मोक्ष प्राप्त गरेको दुधपोखरीको धार्मिक इतिहास छ भने त्यहाँ पुगेर स्नान गर्नेहरुको पाप बाट मुक्त हुने आस्था रहिआएको छ। दूधपोखरीमा गई स्नान गर्नेहरु भारतको काशी जान नपर्ने समेत जनविश्वास रहेको पाइन्छ। कतै पनि पानीको मूल स्रोत नभएको, चट्टानले घेरिएको र पानी निकास हुने समेत ठाउँ नभएको दूधपोखरी मनास्लु, हिमचुली र बौद्ध हिमालको काखमा पर्दछ । चट्टानबाट रसाएर आएको र वर्षा हुँदा जम्मा हुने पानीले गर्दा पोखरीको पानीमा घटबढ हुने गर्दछ। पानीको कुनै पनि चाल नभएपनि पोखरी निकै कन्चन र गहिरो छ। माथिबाट हेर्दा हरियो देखिने पोखरी नजिकै बाट हेर्दा भने गहिरो र पारदर्शी छ। पोखरी आसपासका चट्टानहरु पहिरिएर पहिलेको भन्दा केही आकार घटेको हुन सक्ने जानकारहरु बताउँछन्। ससाना हिमाल र चट्टान नै चढेर पुग्नुपर्ने दूधपोखरीको मूलतः दुईवटा पदमार्गहरु छन्। गोरखाको पालुङटार, लिगलिग कोट, सिरानचोक, चित्रे पोखरी, थालाजुङ, भच्चेक, अजिरकोट हुँदै सिरान डाडाबाट एक वा दुई दिन हिँडेर दूधपोखरी पुग्न सकिन्छ। अर्को बाटो भने लमजुङको पाउदी हुँदै मोहोरिया कोट, राइनासकोट, प्याराजुङ हुँदै दूधपोखरी गाउँपालिकाको केन्द्र गौडा बजारबाट जोर्ने हुँदै हो। दुधपोखरी पुगेर स्नान गरी फर्किएका दुवै बाटो हिंडेका यात्रुहरुसँग बुझ्दा भने गोरखा तर्फको बाटो छोटो र सहज रहेको बताएका थिए। यसवर्ष बन्दाबन्दीका कारण धेरै नेपालीहरु अन्य वर्षभन्दा बढी मात्रामा आफ्नो गाउँघरमा छन्। सामान्य अवस्था हुँदो हो त जनैपूर्णिमाको बेला अधिकांश नेपाली आफ्नो स्कूल-कलेज, कार्यालय वा आफ्नो व्यक्तिगत काममा नै व्यस्त हुने थिए। कोभिड-19 ले निम्ताएको बन्दबन्दीको कारणले गर्दा यसपालि इतिहासकै धेरै तीर्थालुले दुधपोखरीको यात्रा गरेको भेडिगोठका गोठालाहरुले बताए। अझ भन्नुपर्दा दूधपोखरी यात्रा गर्नेमा अधिकांश ३० वर्षमुनिका युवायुवतीहरु देखिन्थे। यो तथ्यांकलाई आधार मान्ने हो भने दूधपोखरी पदयात्रा धार्मिक मात्र नभई जुनसुकै मौसमका लागि उपयुक्त पदयात्रा गर्ने पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ ।