У нас вы можете посмотреть бесплатно लुकी लुकी सिलाई कटाइ सिक्थिन्, अहिले गाउँकालाई सिकाउँछिन् । Gita's Tailoring Business । BSN 2025 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
उनलाई सुरुमा घरपरिवारले सिलाइ कटिङ नसिक्नु भनेका थिए । उनीहरूको रहर उनले पढुन् भन्ने थियो । तर मोरङ कसेनीकी गीता पुरीलाई सानैबाट आफैँले केही गर्ने रहर थियो । त्यसमा बल पुर्यायो सानोमा भएको एउटा घटनाले । उनी टेलरकोमा गएकी थिइन् । उनीहरूले सिलाएको लुगा उनले भनेको जस्तो भएन । तर उनले त्यो कुरा बताउँदा केही नभनी लुगा मिलाइदिनुको साटो टेलरले भनिदिए “आफूले भनेको जस्तै मिल्न त आफैँले सिलाउनुपर्छ ।” त्यो कुरा उनको मनमा गढिरहेको थियो । वि.स. २०६५ सालमा मोरङ नेता चोकमा कलेज पढ्दै गर्दा उनले त्यही कुरा सम्झिइन् । खाजा खर्च कटाएर मेसिन किनिन् । परिवारले सिक्न दिएका थिएनन् । तर रहरलाई छेक्ने कसले ? उनले पुरानो लुगा उधार्दै र पुन सिलाउँदै सिकिन् । त्यसरी सुरु गरेको उनको व्यवसाय बिहेपछि पनि अझै फैलिएको छ । आज उनी टेलरिङ सँगै कस्मेटिक, रेडिमेट कपडा, पार्लर लगायत सबै थोक भएको पसलको सञ्चालक भएकी छन् । वरपरका धेरै गाउँबाट आउने महिलाहरूलाई सिकाउने अनि रोजगार दिने बाटो बनाउने माध्यम भएकी छन् । लगभग ४० हजारमा सुरु गरेको व्यवसायले खर्च कटाएर महिनाको ५०-६० हजार कमाउने बाटो बनाएकी छन् । आफ्नो मनलाई सुनेको यो यात्राले उनलाई चाहिँ के दियो त ? उनी खुसी छिन् । कुनै खर्च गर्न श्रीमानको भर पर्नु पर्दैन । मन लागेको कुरा किन्न मन भाँच्न पर्दैन । उनकोमा टेलरिङ तथा पार्लर सिक्न आउने मान्छे लगभग टुट्दैनन् । उनले दुई जनालाई रोजगारी दिएकी छन् । उनले सिकाएका १५ २० जनाले त व्यवसाय नै खोलेका छन् । तीनलाई सम्झिँदा उनलाई मिठो निन्द्रा पर्छ । यो व्यवसाय गरेर उनले के सिकिन् त ? उनी भन्छिन् “सीप भनेको चाहे सानो होस् चाहे ठुलो होस् । सीप भनेको महान् नै हुने रहेछ । म कतै जागिर गर्थेँ भने स्केलमा कमाइरहेको हुन्थेँ होला । तर म अहिले आफ्नो खुसीमा छु । मैले अरूलाई पनि रोजगार दिएको छु ।” आफ्नो मनको कुरामा लागिरहे सफलता पाइने उनको भनाइ छ । उनी व्यवसाय सुरु गर्दाको दिन सम्झिँदै अरूलाई सुझावमा भन्छिन् “मान्छेहरु सुरुमा त्यहाँ नखोल यहाँ नखोल, लगानी नगर भन्छन् । तर उहाँहरूको कुरा सुन्ने हो भने केही हुँदैन ।” सुन्नुहोस् उहाँको प्रेरक कहानी । साथै यस्तै कुनै कथा तपाईँलाई थाहा छ भने हामीलाई कमेन्ट गरिदिनुहोला । हामी पुग्ने प्रयत्न गर्छौँ । साथै उनलाई सम्पर्क गरेर बुझ्न मन छ भने फोन नम्बर: +977 9807085001 0:00 भूमिका 0:57 सिलाइ कटाइको यात्रा 3:24 पसल खोलेको कथा र लगानी 6:36 पसलको टुर (टेलरिङ, पार्लर, कस्मेटिक) 13:30 सबैभन्दा गर्व लाग्ने कुरा 16:18 कमाइ तथा व्यवसाय दर्ता 17:55 टेलरिङ गर्दाका चुनौती, सिकाइ, र सन्तुष्टि 19:40 व्यवसाय गर्न चाहनेलाई सुझाब 20:43 महिलाहरुलाई सुझाब #businessstoriesnepal #tailoring #parlour #inspiringbusiness #businessgrowth #businesssuccess फेसबुक: / businessstoriesnepal टुइटर: / storiesnepal Music by: Bensound.com/royalty-free-music License code: I1HVZ3IUZRDI4ILJ