У нас вы можете посмотреть бесплатно WeLoveU Foundation successfully completes 8,65th global blood donation drive in Dhading 2026-02-26 или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
विश्वव्यापी कल्याणकारी संस्था वीलभयू फाउन्डेसनद्वारा निलकण्ठ नगरपालिका, धादिङ बेसीँमा अवस्थित उधोग वाणिज्य संघमा ८,६५ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वीलभयूका सदस्यहरू, उनीहरूका परिवार लगायत छिमेकीहरू गरी करिब १३० जनाभन्दा बढीको सहभागीता रहेको थियो । मानिसहरूलाई रक्तदानमा निरन्तर रुचि राखेर सहभागी हुनलाई प्रोत्साहित गर्ने र जीवन बाँड्नुको महत्त्व बुझाउन सो कार्यक्रमको आयोजना गरिएको थियो । “रगतचाहिँ कृत्रिम रूपमा बनाउन नमिल्ने र अरू कुराद्वारा प्रतिस्थापन गर्न नसकिने एक अमूल्य जीवन स्रोत हो । त्यसैले हाम्रा छिमेकीहरूलाई पुनः स्वस्थ दैनिक जीवनमा फर्काउन थोरै भए पनि मद्दत पुऱ्याउनका लागि सदस्यहरू एकजूट भएर लागिपरेका छन् । यस्तो कार्यक्रम काठमाडौंमा मात्र नभएर विभिन्न क्षेत्रमा लगातार आयोजना गरेर मानिसहरूलाई जीवन बाँड्नुको महत्त्व बोध गराउने एउटा माध्यम बनाउने योजना रहेको छ” वीलभयूका अधिकारीले भन्नुभयो । वीलभयूको ‘विश्वव्यापी रक्तदान कार्यक्रम’चाहिँ एक जनाको रक्तदान दुई जना, चार जना हुँदै फैलिएर आदानप्रदानको सद्गुण चक्र निर्माण गर्ने उद्देश्य रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । यसले स्थानीय समुदायमा रक्त आपूर्ति अभाव सुल्झाउन र विश्व स्वास्थ्य संगठन (WHO) ले अवलम्बन गरेको निःशुल्क स्वैच्छिक रक्तदानको संस्कृति फैलाउन योगदान पुऱ्याइरहेको छ । कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि विश्वका ठाउँ-ठाउँमा आयोजना हुँदैआएको यो कार्यक्रम रगतको खाँचो परेका छिमेकीहरूका लागि बलियो सहारा बनेको छ । गत वर्षसम्म, ६४ देशहरूबाट करिब १,३७,००० जना सहभागी भएर ६२,००० जनाभन्दा बढीले रक्तदान गरेका थिए । एक जनाको रक्तदानले तीन जनाको ज्यान बचाउन सक्छ भन्ने कुरालाई विचार गर्दा योचाहिँ १,८६,००० जनाभन्दा बढी मानिसहरूको ज्यान बचाउन सफल भएको ठूलो उपलब्धि हो । उपयुक्त ठहरिएका सहभागीहरूले क्रमैसँग रगतदान गरेका थिए । ८९ जनाले ३९,१६० मिलिलिटर स्वस्थ रगत दान गरेका थिए । यो फेब्रुअरी महिनामा पनि धादिङ लगायत नवलपरासी बर्दघाट-४ तारिख, टोखा चण्डेश्वरी-११ तारिख, उदयपुर गाईघाट-१६ तारिख, पोखरा-१८ तारिख, कन्चनपुरको भिमदत्त नगरपालिका-१८ तारिख, भक्तपुर-१८ तारिख, ललितपुर-२२ र हेटौंडा-२६ तारिख मा रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। धादिङ बेसीँ रेडक्रस सोसाइटीका सभापति दुर्लभ कुमार तामाङले पनि “रक्तदान नै जीवनदान हो। बिरामी, घाइते, सुत्केरी लगायत विभिन्न क्षेत्रमा रगत शीघ् आवश्यक पर्ने हुन्छ, रगतको आपुर्तिको अभावले गर्दा पिडितको मृत्यु हुन सक्छ,अहिले नेपालमा रगतको संकट अत्यन्तै भइ रहेको बेलामा वीलभयू फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रमप्रति अति आभार व्यक्त गरेका थिए । वीलभयू फाउन्डेसनले नेपाल रेडक्रससँग सहकार्य गरेर काठ्माडौं,चितवन,मकवानपुर,कन्चनपुर,भिमदत्त लगायत नेपालका विभिन्न क्षेत्रमा रक्तदान कार्यक्रम आयोजना गरिरहेका छन्, यो अत्यन्तै पुण्यको कार्य हो।” भन्दै वी लभ यू फाउन्डेसनप्रति धन्यवाद व्यक्त गरेका थिए । उज्यालो मुस्कानका साथ रक्तदानमा सहभागी भएका हरि बगालेले “आमाको प्रेमद्वारा प्रोत्साहित अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनले आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी हुन पाएकोमा अत्यन्तै खुशी रहेको बताए, अनि यस संस्थाका अध्यक्ष जाङ गिल जा ज्यूको प्रेमको मनलाई लिन पाएकोमा आभार व्यक्त गरे” भन्दै आफ्नो अनुभव सुनाएका थिए । पवित्रा सुनारले पनि गर्व मुस्कानका साथ “वी लभ यू फाउन्डेसनद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी हुन पाउनु नै गरिमामय कुरा बताईन् र आफ्नो थोरै रगतले कसैको जीवन बचाउन सकिन्छ भने यस्तो असल कार्यमा सधैँ अग्रसर रहनेछु” भनिन् । संयुक्त राष्ट्रसंघको विश्वव्यापी सञ्चार विभाग (UN DGC)को साझेदार सङ्गठन रहेको अन्तर्राष्ट्रिय वीलभयूले सबैले आदर पाउने दिगो शान्तिको लागि विश्वव्यापी कल्याणकारी गतिविधिहरू गर्दछ । ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत वीभलयूले वातावरण संरक्षण, आपत्कालीन राहत, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र समाज कल्याण जस्ता विभिन्न क्षेत्रहरूमा १०,९०० भन्दा बढी कल्याणकारी गतिविधिहरू सञ्चालन गरेको छ (सन् २०२५सम्म) । अनि मानवजाति र पृथ्वीको आशामय भविष्य सृजना गर्न प्रतिबद्ध हुँदै अन्तर्राष्ट्रिय समुदायको दिगो विकास लक्ष्यहरू (SDGs) को उपलब्धिमा पनि योगदान पुऱ्याइरहेको छ । वीलभयूले नेपालमा पनि विभिन्न स्वयंसेवा गतिविधिहरूमार्फत स्थानीय समुदायमा योगदान पुऱ्याउँदैआएको छ । गण्डकी प्रदेशको गोरखा र बागमती प्रदेशको भक्तपुर मध्यपुर थिमिका विद्यालयहरूमा सबै विद्यार्थीहरूका निम्ति शैक्षिक टिभी, स्कूल झोला, लुगा र पंखा सहयोग, स्कूल साइनबोर्ड जडान तथा घेराबार मर्मत जस्ता कार्यहरू गरेर वीलभयूले भावी पुस्तालाई पनि सक्रिय रूपमा सहयोग गरेको छ । त्यसै गरी वातावरण कल्याण गतिविधि रहेको ‘क्लिक वर्ल्ड अभियान’ र वृक्षारोपण गरेर हरितगृह ग्याँस न्यूनीकरण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ परियोजनामार्फत बस्नको लागि दिगो ठाउँ बनाउँदै राष्ट्रिय विपद्लाई जित्ने कार्यमा पनि वीलभयू सक्रियतापूर्वक सरिक भएको छ । सन् २०१५को महाभूकम्प पीडितका निम्ति राहत कार्य, भारी वर्षाबाट क्षतिग्रस्त घर नयाँ गरी निर्माण गर्न सहयोग र कोभिड-१९ महामारीलाई जित्न क्वारेन्टिन सामग्री वितरण गर्ने कार्य पनि वीलभयूद्वारा आयोजना गरिएको थियो । जसको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ । नेपालमा पनि वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरीका मेयरबाट प्रशंसा-पत्र, कीर्तिपुरका मेयरबाट प्रशंसा-पत्र र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट कदर-पत्र समेत प्राप्त गरेको छ ।