У нас вы можете посмотреть бесплатно Krush Ko Bato Ma हिँड्दा दुःख सङ्कट आई घेर्छ । или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
भजनको विषय :- क्रूसको बाटोमा हिँड्दा दुःख सङ्कट आई घेर्छ । ( सियोनका गीतहरूको संख्या :- २२१ ) - ( A, Major ) अन्तरा :- १. क्रूसको बाटोमा हिँड्दा दुःख सङ्कट आई घेर्छ, एक्लोपन अनुभव गर्दा हृदय रोएर आउँछ । - ( २ ) तर प्रभु छेउमा आई उभ्दछन्, आनन्द उम्लिएर आउँछ, हृदय शान्तिले भर्छ, आँसु गीतमा परिणत हुँदा खुशी भई म गाउँदछु । - ( २ ) प्रभुको उपस्थितिमा आनन्दको भरपूरी छ । - ( २ ) प्रभुको उपस्थितिमा अति विजयी जीवन छ, आशाले पूर्ण जीवन छ, कनानमा पुग्ने आशा छ । अन्तरा :- २. कूसको बाटोमा हिँड्दा निराशको आँधी आउँछ, खीष्टको नजीक नहुँदा डुबेको अनुभव हुन्छ । - ( २ ) तर प्रभु छेउमा आई उठाउँछन्, आँधीलाई शान्त गर्छन्, किनारमा मलाईं पुऱ्याउँछन्, निराशा आशामा परिणत हुँदा खुशी भई म गाउँदछु । - ( २ ) प्रभुको उपस्थितिमा आशाले पूर्ण जीवन छ, प्रभुको उपस्थितिमा आनन्दको भरपूरी छ, प्रभुको उपस्थितिमा अति विजयी जीवन छ, आशाले पूर्ण जीवन छ, कनानमा पुग्ने आशा छ । अन्तरा :- ३. कूसको बाटोमा हिँड्दा, शैतान लड्नलाई आउँछ, सिंहझैँ आक्रमण गर्दा कमजोरी अनुभव हुन्छ । - ( २ ) तर प्रभु छेउमा आई सम्हाल्छन्, शैतान पाउमुनि पर्छ, विजयी मलाई बनाउँछन्, हार जीतमा परिणत हुँदा, खुशी भई म गाउँनेछु । - ( २ ) प्रभुको उपस्थितिमा आशाले पूर्ण जीवन छ, प्रभुको उपस्थितिमा आनन्दको भरपूरी छ, प्रभुको उपस्थितिमा अति विजयी जीवन छ, आशाले पूर्ण जीवन छ, कनानमा पुग्ने आशा छ । अन्तरा :- ४. क्रूसको बाटोमा हिँड्दा जङ्गलमा भई हिँड्नु छ, कनान देशमा पुग्नलाई बाधा मात्र दिँदछ । - ( २ ) तर प्रभु छेउमा आई डोऱ्याउँछन्, कनान देश पुऱ्याउँनलाई, अगुवाई मेरो गर्दछन्, दुर्बल अवस्थामा ख्रीष्ट साथमा पाउँदा खुशी भई म गाउँदछु, प्रभुको उपस्थितिमा आशाले पूर्ण जीवन छ, प्रभुको उपस्थितिमा आनन्दको भरपूरी छ, प्रभुको उपस्थितिमा अति विजयी जीवन छ, आशाले पूर्ण जीवन छ, कनानमा पुग्ने आशा छ ।