У нас вы можете посмотреть бесплатно [ जसले पाप गर्छ त्यही मर्छ । - The soul who sins shall die. ] или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
[ विविध विधानहरू । ] ( व्यवस्था २४:१६ ) १६ बाबुहरूलाई छोराछोरीहरूका निम्ति र छोराछोरीहरूलाई बाबुहरूका निम्ति नमार्नू । हरेक मानिस आफ्नै अपराधको लागि मरोस् । ___________________________________ ( यर्मिया ३१:२९ ) २९ ती दिनहरुमा ‘खाए बाबुहरुले अमिलो अङ्गूर, कुँडिए दाँत छोरा-छोरीहरुको’ भनी तिनीहरुले फेरी कहिल्यै भन्नेछैनन् । ३० तर हरेक मानिस आफ्नै अधर्मका निम्ति मर्नेछ; हरेक जसले अमिलो अङ्गूर खान्छ, त्यसकै दाँत कुँडिनेछन् । ______________________ ( इजकिएल १८:२-३-४ ) २ ‘अमिलो अङ्गूर खाए बाबुहरुले, दाँत कुँडिए छोरा-छोरीहरुका भन्दै तिमीहरुले यो उखान भनेको अर्थ तिमीहरुका निम्ति के हो ? ३ प्रभु यहोवा भन्नुहुन्छ, मेरो जीवनको कसम ! इस्राएलमा तिमीहरुले अब कहिल्यै यो उखान चलाउँने अवसर पाउँनेछैनौ । ४ हेर, सबै प्राणहरु मेरा हुन्; बुबाको जीवनझैं छोराको प्राण पनि मेरै हो; जुन मानिसले पाप गर्छ, त्यही मर्नेछ । _________________________ ( इजकिएल १८:२०-२१-२२-२३-२४ ) २० जसले पाप गर्छ त्यही मर्छ । छोराले बाबुको अधर्मको फल भोग्नेछैन, न ता बाबुले छोराको अधर्मको फल भोग्नेछ । धर्मीले आफ्नो घर्मको फल र दुष्टले आफ्नो दुष्टयाइँको फल पाउँनेछ । २१ तर यदि दुष्ट मानिसले आफूले गरेका सबै पापहरू त्यागेर मेरा नियमहरू पालन गऱ्यो, र न्यायसंगत र ठीक काम गऱ्यो भने त्यो निश्चय बाँच्नेछ । त्यो मर्नेछैन । २२ त्यसको विरुद्धमा त्यसले गरेका कुनै पनि अपराधको फेरी सम्झना हुनेछैन । त्यसले गरेको धर्मको कारण त्यो बाँच्नेछ । २३ परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘के दुष्टको मृत्युमा म खुशी हुन्छु र ? के आफ्नो चाला छोडेर त्यो बाँचेको म चाहन्नँ र ? २४ तर धर्मी मानिस आफ्नो धर्मको कामलाई त्यागेर अधर्म गर्छ र दुष्ट मानिसले गरेका दुष्ट कामहरू गर्छ भने के त्यो बाँच्नेछ र ? त्यसले अघि गरेका कुनै पनि धर्मको कामको सम्झना हुनेछैन । विश्वासघात र त्यसले गरेको पापको कारण त्यो मर्नेछ । ________________________________________ ( मत्ती ७ः१५-१७-१७-१८-१९-२० ) १५ झूटा भविष्यवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ तिनीहरू लुटाहा ब्वाँसा हुन्छन् । १६ तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । के मानिसहरूले काँड़ाहरूबाट अङ्गुर वा सिउँड़ीहरूबाट नेभारा बटुल्दछन् र? १७ यही प्रकारले हरेक असल रूखले असल फल फलाउँछ, तर बिग्रेको रूखले खराब फल फलाउँछ । १८ असल रूखले खराब फल फलाउन सक्दैन, न ता बिग्रेको रूखले असल फल फलाउन सक्दछ । १९ असल फल नफलाउँने हरेक रूख काटेर ढालिन्छ र आगोभित्र फालिन्छ । २० यसकारण निश्चय नै तिनीहरूकै फलहरूद्वारा तिमीहरूले तिनीहरूलाई चिन्नेछौ । ___________________________________ ( मत्ती १८ः१५-१६-१६-१७ ) १५ तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्यसको दोष देखाइदेऊ । त्यसले तिम्रो कुरा सुन्यो भने, तिम्रो भाइ आफ्नो भयो । १६ तर त्यसले सुनेन भने आफ्नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्येक कुरा पक्का होस् । १७ यदि त्यसले तिनीहरूका कुरा पनि सुन्न इन्कार गर्यो भने, मण्डलीलाई भन । त्यसले मण्डलीको कुरा पनि सुन्न इन्कार गर्यो भने, त्यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस् । ____________________________________ ( प्रकाश २२:११-१२ ) ११ जो अधर्मी छ, त्यो अझै अधर्मी रहोस्; अनि जो अशुद्ध छ, त्यो अझै अशुद्ध होओस्; अनि जो धर्मी छ, ऊ अझै धर्मी होओस्; अनि जो पवित्र छ, ऊ अझै पवित्र होओस् ! १२ अनि हेर, म चाँड़ै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिन मेरो इनाम मसित छ ।