У нас вы можете посмотреть бесплатно नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или скачать в максимальном доступном качестве, видео которое было загружено на ютуб. Для загрузки выберите вариант из формы ниже:
Если кнопки скачивания не
загрузились
НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием видео, пожалуйста напишите в поддержку по адресу внизу
страницы.
Спасибо за использование сервиса ClipSaver.ru
तातो ज्वालाको भयङ्कर वेदनामा औँलाको टुप्पाको एक थोपा पानीसमेत पाउन नसकिने नरक, अत्यन्तै डरलाग्दो ठाउँ हो । (लूका १६:२४) यदि हात, खुट्टा वा आँखाले पाप गर्न लगाउँछ भने, नरकमा जानुभन्दा त्यसलाई काट्नु वा झिकेर फाल्नु असल हो भनेर येशूज्यूले भन्नुभयो । (मर्कूस ९:४३) किनकि शरीरको अङ्ग काटिँदाको चरम पीडा पनि नरकको यातनासँग तुलनै गर्न सकिँदैन । “नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्दछ ।” (मर्कूस ९:४८) “किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ ।” (मर्कूस ९:४९) नरकको दण्ड अत्यन्त पीडादायी भए पनि आफै मर्न भने सकिँदैन । जीवनको सानो खुशी, एकैछिनको विश्राम र मुक्तिको आशा पटक्कै नभएको नरकमा केवल दर्दनाक पीडा, पछुतो र शोक मात्र हुन्छ । सुसमाचार सुनेर पश्चात्ताप गरिएन भने किन नरक जानुपर्ने हुन्छ होला ? हामीहरू यस पृथ्वीमा जन्मनुअघि स्वर्गका स्वर्गदूतहरू थियौं (अय्यूब ३८:४) । तर हामीले स्वर्ग मा पाप गऱ्यौं र नरकको सजाय पायौं । त्यसैले हामीहरू आत्मिक झ्यालखाना रहेको यस पृथ्वीमा जन्मेर अस्थायी रूपमा बसोबास गर्छौं । (इजकिएल २८:१३) यदि हामीले यस पृथ्वीमा नरकको सजायबाट उम्कने तरिका खोजेनौं भने नरकमा जानुबाहेक अर्को विकल्प रहँदैन । “हाय, म कस्तो दुःखी मानिस ! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” (रोमी ७:२४) नरकको सजायको भागीदार भएका मानव-जातिमाथि परमेश्वरले दया गर्नुभयो, र नरकको सजायबाट उम्कने तरिका जानकारी गराउन उहाँ स्वयम् यस पृथ्वीमा आउनुभयो । “म ... पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।” (लूका ५:३२) मृत्युमा डोऱ्याउने हाम्रो पाप क्षमा गरेर नरकको सजायबाट हामीलाई बचाउनको निम्ति परमेश्वरले पापी मानव-जातिको छुटकाराको मोलस्वरूप उहाँको देह र रगत दिनुभयो । “लेओ, खाओ, निस्तार-चाडको रोटी मेरो शरीर हो ।” (मत्ती २६:२६) “निस्तार-चाडको दाखमद्य नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” (मत्ती २६:२८) हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने पाप-क्षमाको आशिष् पाएर नरकको सजायबाट बच्न सक्छौं । साथै हामीहरू अनन्त जीवन पाएर स्वर्ग फर्कन सक्छौं । “मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” (यूहन्ना ६:५४) तर “निस्तार-चाडद्वारा पाप-क्षमा र अनन्त जीवन प्राप्त गर” भन्ने मुक्तिको सन्देशलाई यदि हामीले इन्कार गर्छौं भने स्वर्गमा गरेको पाप क्षमा पाउन सक्दैनौं र पूर्वनिर्धारित नरकको सजाय भोग्नुपर्छ । “मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” (लूका २२:१५) परमेश्वरले पाप-क्षमाको चिन्हस्वरूप प्रदान गर्नुभएको नयाँ करार निस्तार-चाड मानेर स्वर्ग फर्कनुहोस् भन्ने चाहन्छु । [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com